+
+
Shares

आशा भोसलेले गाएका १० चर्चित नेपाली गीत

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १४:०८

भारतीय संगीत इतिहासकी सबैभन्दा चर्चित र बहुमुखी गायिकामध्येका आशा भोसले नेपाली संगीत क्षेत्रका लागि पनि उत्तिकै महत्त्वपूर्ण छिन् । मातृभाषा अर्कै भएत पनि उनले धेरै नेपाली गीतहरूमा स्वर दिएकी छिन् । जुन एउटा भर्सटाइल गायिकाको सग्लो प्रमाण पनि हो ।

सन् १९४३ मा मराठी फिल्म ‘माझा बल’बाट सुरु भएको उनको सांगीतिक करियरले एक समयमा नेपाली संगीतलाई ठूलो योगदान पुर्‍याएको छ । एक कालमा नेपाली चलचित्र क्षेत्रमा उनको दबदबा जस्तै थियो । नारायण गोपाल, रञ्जित गजमेर, सम्भुजित बास्कोटा, कुसुम गजमेर, तुलसी घिमिरे, किरण खरेल, यादव खरेल आदिसँग उनले सहकार्य गरेकी छिन् ।

यहाँ उनले गायकका केही नेपाली गीतहरू सूचि रहेका छन् ।

१. साउने झरीमा..

रन्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द रहेको यो गीतममा भोसलेले स्वर दिएकी छिन् ।

२. बसन्त नै बस्न खोज्छ यहाँ…

आज भन्दा ६ दशक पहिला बनेको माइतीघर फिल्मको माइतीघर.. माइतीघर…. बोलको गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । स्कुल, कलेजका कार्यक्रम तथा विभिन्न समारोहमा यो गीत घन्किन्छ । गीतमा जयदेवले संगीत भरेका छन् भने शब्द किरण खरेलको रहेको छ ।

३. मोहनी लाग्ला है…

फिल्म चिनोमा संलग्न यो गीतमा आशा भोसलेले स्वर सम्राट नारायण गोपालसँग आवाज शेयर गरेका छिन् । यो गीत पनि उत्तिकै मात्रामा नेपालीबिच प्रख्यात छ । गीतमा रञ्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द रहेको छ ।

४. पहाडको माथि माथि..

फिल्म लाहुरेको यो गीतमा पनि भोसले र नारायण गोपालको स्वर सुन्न सकिन्छ । यसमा कुसुम गजमेर र तुल्सी घिमिरेको शब्द छ । संगीत भने रञ्जित गजमेरको रहेको छ ।

५. को होला मेरो मायालु….

फिल्म मायालुमा संलग्न यो गीतमा पनि आशा भोललेले स्वर दिएकी छिन् । यो गीतमा रञ्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द रहेको छ ।

६. आज हाम्रो भेट भाको दिन…

यो गीतमा आशा भोसले र उदित नारायण झाको स्वर रहेको छ । पछिल्लो समयमा फिल्म ब्रेकअपमा समेत फिचर्ड यो गीतमा शिला बहादुर मोक्तानले संगीत भरेका छन् भने चेतन कार्कीले शब्द लेखेका छन् ।

७. माया त माया हो…

यो गीतमा पनि हामीले भोसले र नारायण गोपालको स्वर सुन्न सक्छौं । गीतमा रञ्जित गजमेरको स्वर र कुसुम गजमेरको शब्द रहेको छ ।

८. गैरी खेतको शिरै हान्यो…

यो गीत पनि उत्तिकै मात्रामा सुनिन्छ । विशेषत: यो गीत विद्यालयहरूमा नाच्नका लागि सुनिन्छ । गीतमा सम्भुजित बास्कोटाले संगीत भरेका छन् भने शब्द यादव खरेलले लेखेका छन् ।

९. यति धेरै माया दियौ..

यो गीतमा आशा भोसले र प्रकाश श्रेष्ठको डुअल स्वर सुन्न सकिन्छ । चेतन कार्कीले शब्द लेखेको यो गीतमा मोहनहरी सिंहले संगीत भरेका छन् ।

१०. टाढा भै नदेउ फेरि…

फिल्म मायालुमा संलग्न रहेको यो गीतमा हामीले आशा भोसले र प्रेमध्वज प्रधानको डुअल स्वर सुन्न सक्छौं । यो गीतमा रञ्जित गजमेरको कम्पोजर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?