+
+
Shares

माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जुम्लामा घर पुत्ने क्रममा माटोको ढिस्कोमा पुरिएर ४७ वर्षीया कृष्णमाया तिमिल्सेनाको मृत्यु भएको छ।
  • माटोको ढिस्कोले पुरिएर घाइते कृष्णमायालाई उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
  • उद्धार गरिएका अर्की घाइते ४० वर्षीया तारा घर्ती उपचारपछि डिस्चार्ज भएर घर फर्किएकी छन्।

५ चैत, जुम्ला । जुम्लामा माटोकाे ढिस्काेमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।

घर पाेत्ने माटाेकाे ढिस्काेमा पुरिएर चन्दननाथ नगरपालिका-९ की ४७ वर्षीया कृष्णमाया तिमिल्सेनाको मृत्यु भएको हो।

चन्दननाथ नगरपालिका–९ को उठिले नजिकै बिहीबार बिहान करिब ११ बजे माटोको ढिस्को खसेर घाइते कृष्णमायाको उपचारको क्रममा मृत्यु भएको जुम्ला प्रहरीका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए।

घर लिप्ने माटो खन्ने क्रममा कृष्णमाया र ४० वर्षीया तारा घर्तीलाई माटोको ढिस्कोले पुरेको थियो । दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । तर उपचारकै क्रममा कृष्णमायाको भने ज्यान गएको हो।

तारा घर्ती भने उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेकी छन्।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?