News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले कानुन व्यवसायीहरूलाई पेशागत मर्यादा जोगाउन र आर्थिक रूपमा सबल बन्न वैकल्पिक आयका स्रोतहरू खोज्न सुझाव दिएका छन्।
- भण्डारीले कानून पेशा मात्र जीवनयापन र धन आर्जनको भरपर्दो माध्यम नभएको र अन्य आर्थिक गतिविधिमा संलग्न हुनुपर्ने बताए।
- उनले प्रधानन्यायाधीश सुशीला कार्कीलाई आफ्नो जीवनको महत्वपूर्ण उपलब्धि र खुशीको क्षणको रूपमा चित्रण गर्नुभयो।
६ चैत, काठमाडौं । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले कानुन व्यवसायीहरूलाई पेशागत मर्यादा जोगाउन र आर्थिक रूपमा सबल बन्न वैकल्पिक आयका स्रोतहरू खोज्न सुझाव दिएका छन् ।
लामो समयदेखि कानुन पेसामा आबद्ध भण्डारीले हालको समयमा कानून पेशा मात्रै जीवनयापन र धन आर्जनको भरपर्दो माध्यम हुन नसक्ने बताए ।
आफ्नो लामो व्यावसायिक यात्राको स्मरण गर्दै भण्डारीले आफूलाई ‘अभागी भए पनि सौभाग्यशाली’ महसुस गरेको उनले बताए ।
उनले आफ्ना आज्ञा पालना गर्ने र सल्लाह मान्नेहरू देशको ठूला मन्त्रीदेखि पहिलो महिला प्रधानन्यायाधीशसम्म भएकोमा गर्व व्यक्त पनि गरे । सुशीला कार्की प्रधानन्यायाधीश भएको क्षणलाई उनले आफ्नो जीवनको एक महत्वपूर्ण र खुशीको उपलब्धिका रूपमा चित्रण गरे ।
‘हामी यो पेशाले मात्रै धन पाउन सक्दैनौं । यो पेशा अहिले ठगीको पेशा भइसक्या छ । हाम्रो अन्य बाटो पनि पाउनुपर्छ । अर्थ साधन हो, बिना अर्थ केही हुँदैन,’ उनले भने ।
कानून पेशाको साथसाथै अन्य आर्थिक गतिविधिमा संलग्न भई आत्मनिर्भर बन्नुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया 4