+
+
Shares

उराँव समुदायले मनाए सरहुल पर्व

प्रकृति पूजकका रूपमा रहेका उराँव समुदायले चैत महिनाको शुक्लपक्षको तृतीया तिथिमा यो पर्व मनाउने गर्दछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ७ गते १९:५६

७ चैत, सुनसरी । सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै आएका उराँव समुदायले शनिबार सरहुल पर्व मनाएका छन् ।

इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, गढीलगायतका स्थानमा बसोबास गर्दै आएका उराँव समुदायले सरहुल पर्व मनाएका हुन् ।

प्रकृति पूजकका रूपमा रहेका उराँव समुदायका मानिसले इनरुवा-८ मा सामूहिक भेला भएर आफ्नो धार्मिक परम्पराअनुसार सरना स्थलमा सरहुल पर्व मनाएको उराँव समुदायका अगुवा रामकिसुन उराँवले जानकारी दिए । उनले यो पर्व आफ्नो समुदायको सबैभन्दा ठुलो र महत्त्वपूर्ण प्रकृति पर्वका रूपमा रहेको बताए ।

चैत महिनाको शुक्लपक्षको तृतीया तिथिमा यो पर्व मनाउने गरेको उनले जानकारी दिए ।

पर्वका अवसरमा साल र करमको रूख अर्थात् सरना स्थलमा भेला भई पूजा गरेर यो पर्व मनाउने गरिएको छ । नयाँ फूल आउनुलाई नयाँ वर्षको सुरुआतका रूपमा लिई यो पर्वलाई मनाउने प्रचलन छ ।

नयाँ फलफूल भएका बेलामा कुलदेवतालाई प्रसादका रूपमा अर्पण गरेपछि मात्र नयाँ फसल वा फलफूलको प्रयोग सुरु गर्ने गरेको उराँव समुदायका अगुवाले बताएका छन् ।

पूजाका क्रममा धर्मगुरुले पृथ्वी, जङ्गल, पानी र पूर्वज देवताप्रति कृतज्ञता व्यक्त गर्दै समुदायको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए । सहभागीले पारम्परिक वेशभूषा लगाएर पूजापाठ गरेका थिए । –रासस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?