News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक नियुक्ति खाएका व्यक्ति र पदाधिकारीलाई नयाँ सरकारमा मार्गप्रशस्त गर्न आग्रह गरेको छ।
- रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले मेरिटभन्दा बाहिर गएर गरिएको नियुक्ति उपयुक्त नभएको बताउनुभयो।
- उहाँले मेरिटको आधारमा नियुक्ति खाएका व्यक्तिलाई मात्र मार्गप्रशस्त गर्नुपर्ने धारणा राख्नुभयो।
८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक नियुक्ति खाएका व्यक्ति र पदाधिकारीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नयाँ परिवेशमा नयाँ सरकार बन्न लागेकाले राजनीतिक नियुक्ति खाएकाले मार्गप्रशस्त गर्दा उपयुक्त हुने धारणा राखे ।
‘सिधै नियुक्ति पाएका पदाधिकारी र व्यक्तिले नयाँ सरकार बन्दै गर्दा मार्गप्रशस्त गर्दा उपयुक्त हुन्छ । जनताले रुचाएका पनि छैनन्,’ उनले भने, ‘यो पार्टीले गरेको निर्णय होइन । सरकारले गर्ने कुरा हो । तर मेरिटभन्दा बाहिर गएर खाएका नियुक्ति उपयुक्त हुँदैन ।’
योग्यता र मेरिटको आधारमा नियुक्ति खाएकोले भने मार्गप्रशस्त गर्नुनपर्ने बुर्लाकोटीले बताए ।
‘मेरिटभन्दा बाहिर गएर गरेको नियुक्ति र मेरिटजस्तो प्रक्रिया मात्र पूरा गरेकाले पनि मार्गप्रशस्त गरेको राम्रो हुन्छ,’ उनले भने ।
प्रतिक्रिया 4