+
+
Shares

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा १५ रुपैयाँ बढ्यो

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लागि १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते २१:१४

११ चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टितेलमा १५/१५ रुपैयाँ वृद्धि गरेको एक सूचना मार्फत जानकारी दिएको छ ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १ सय ६९ रुपैयाँ ५० पैसाबाट बढेर १ सय ८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लागि १ सय ८६ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ८७ रुपैयाँ पुगेको छ ।

यस्तै डिजेल/मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १ सय ४९ रुपैयाँ ५० पैसाबाट बढेर १ सय ६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १ सय ६६ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आयल निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज निर्धारण गरेको छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल निर्धारण गरेको छ ।

No description available.

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?