News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रतिभा रावलले जेनजी आन्दोलनको दमनबारे आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने बताएकी छिन्।
- उनले प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने विषय आफ्नो पार्टीको बाचापत्रमा दोस्रो नम्बरमा उल्लेख भएको जानकारी गराइन्।
- प्रतिवेदनबारे थप प्रतिक्रिया पार्टीको केन्द्रीय समितिको बैठकपछि दिने उनले बताइन्।
१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद प्रतिभा रावलले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने बताएकी छिन् ।
बिहीबार प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रममा पुगेकी उनले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सो कुरा बताएकी हुन् ।
उनले उक्त विषय आफ्नो पार्टीको बाचापत्रमा पनि उल्लेख भएको जानकारी गराउँदै कार्यान्वयन हुनुपर्ने बताइन् ।
‘नो इफ, नो बट, प्रतिवेदन कार्यान्वयन हुनुपर्छ । हाम्रो पार्टीको बाचापत्रमा पनि दोस्रो नम्बरमै त्यो विषय उल्लेख गरेका छौं,’ उनले भनिन् ।
यद्यपि प्रतिवेदनबारे थप प्रतिक्रिया पार्टीको केन्द्रीय समितिको बैठकपछि गर्ने बताइन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4