News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डियन प्रिमियर लिग २०२६ को लिग चरणअन्तर्गत सबै खेलको तालिका सार्वजनिक गरिएको छ।
- प्रतियोगिताको उद्घाटन खेल मार्च २८ मा रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबादबीच हुनेछ।
- दोस्रो चरणका ५० खेल भारतका १२ शहरमा अप्रिल १३ देखि मे २४ सम्म आयोजना गरिनेछन्।
१२ चैत, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बिहीबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को लिग चरणअन्तर्गत सबै खेलको तालिका सार्वजनिक गरिएको छ ।
यसअघि प्रारम्भिक २० खेलको तालिका मात्र सार्वजनिक गरिएकोमा बीसीसीआईले लिगका बाँकी ५० खेलको तालिका पनि सार्वजनिक गरेको हो ।
प्रतियोगिताको उद्घाटन खेल मार्च २८ मा हुनेछ, जहाँ साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले सनराइजर्स हैदराबाद (एसआरएच) सँग प्रतिस्पर्धा गर्नेछ । प्रारम्भिक चरणमा मार्च २८ देखि अप्रिल ११ सम्म २० खेल खेलाइनेछन् । यी खेलहरु विभिन्न १० मैदानमा खेलाइनेछ ।
त्यसपछि अप्रिल १३ देखि मे २४ सम्म ५० खेल आयोजना गरिनेछन् । यी खेलहरू भारतका १२ वटा विभिन्न शहरमा हुनेछन्, जसमा बेङ्गलुरु, मुम्बई, चेन्नई, कोलकाता, दिल्ली, अहमदाबाद, हैदराबाद, लखनउ, जयपुर, धर्मशाला, रायपुर र नयाँ चण्डीगढ समावेश छन् ।
यस चरणमा आठ डबल–हेडर खेल पनि समावेश गरिएको छ, जहाँ एकै दिन दुई खेल खेलाइनेछन् । दिउँसोको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे र बेलुकीको खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।
आरसीबीले आफ्ना केही ‘होम’ खेल रायपुरमा पनि खेल्नेछ भने पञ्जाब किंग्सले धर्मशाला र नयाँ चण्डीगढलाई घरेलु मैदान बनाउनेछ। धर्मशालामा मे ११ मा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीचको खेल विशेष रूपमा खेलाइनेछ, जुन अघिल्लो सिजनमा अवरुद्ध भएको थियो ।
प्लेअफ चरणका खेलहरूको मिति र स्थान भने अझै घोषणा गरिएको छैन । फाइनल खेल मे ३१ मा हुने सम्भावना रहेको इएसपीएनक्रिकइन्फोले उल्लेख गरेको छ ।
खेलतालिका


प्रतिक्रिया 4