+

आईटीएफ डेभलपमेन्ट च्याम्पियनसिपका लागि नेपाली टेनिस टोली श्रीलंका प्रस्थान

२०८२ चैत  १२ गते २१:१७ २०८२ चैत १२ गते २१:१७
आईटीएफ डेभलपमेन्ट च्याम्पियनसिपका लागि नेपाली टेनिस टोली श्रीलंका प्रस्थान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली टेनिस टोली आईटीएफ डेभलपमेन्ट च्याम्पियनसिप (फाइनल) मा सहभागी हुन १२ चैत, काठमाडौंबाट श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ।
  • प्रतियोगिता मार्च २९ देखि अप्रिल १० सम्म हुनेछ र सर्किट १ र २ मा नेपालको सहभागिता रहनेछ।
  • ब्वाइजमा डल्लाकोटी र पौडेल तथा महिलामा सारा पन्त र एरा खत्रीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् र टोलीलाई रामचरित्र मेहताले शुभकामना दिएका छन्।

१२ चैत, काठमाडौं । आईटीएफ डेभलपमेन्ट च्याम्पियनसिप (फाइनल) मा सहभागी हुन नेपाली टेनिस टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ ।

मार्च २९ देखि अप्रिल १० तारिखसम्म हुने प्रतियोगितामा सर्किट १ र २ गरी छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । दुवैमा नेपालको सहभागिता रहने छ ।

ब्वाइजमा विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा महिलामा सारा पन्त र एरा खत्रीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रशिक्षकमा सन्तोष खत्री छन् । सन्तोष श्रीलंकामै छन् ।

प्रतियोगितामा एसियाका १५ राष्ट्रको सहभागिता रहने नेपाल टेनिस संघले जनाएको छ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

आईटीएफ डेभलपमेन्ट च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय