+
+
Shares

बालेन मन्त्रिपरिषद्‌मा पाँच महिला, पुग्यो ३३ प्रतिशत

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्‌मा पाँच जना मन्त्री महिला छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री छन्।
  • कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम नियुक्त भएकी छिन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।

१३ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्‌मा पाँच जना मन्त्री महिला छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रीमा सीता वादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र कृषि मन्त्रीमा गीता चौधरी नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

मन्त्री बनेकी गौतमबाहेक अरु सबै मन्त्रीहरू समानुपातिक प्रणालीबाट सांसद भएर आएकाहरू हुन् । गौतम चितवन-३ बाट निर्वाचित सांसद हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?