१३ चैत, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पदभारका लागि पुगेका छन् ।
उनी भर्खरै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन् । उनले केहीबेरमा पदभार ग्रहण गर्दैछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेन र अन्य १४ जना नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए ।
राष्ट्रपति पौडेलले आजै संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा बालेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।
मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् ।

प्रतिक्रिया 4