News Summary
Generated by OK AI. Editorially reviewed.- बालेन प्रधानमन्त्री बनेपछि नेपाली हिपहप समुदायले सामाजिक सञ्जालमार्फत सबै र्यापरको लागि गर्वको कुरा भएको बताएका छन्।
- र्यापर हाकिमले बालेनलाई कान्छा प्रधानमन्त्री भन्दै शुभकामना दिएका छन् र सबै र्यापरहरूले गर्व गर्ने क्षण भएको बताए।
- संगीतकार स्वप्नील शर्मा र मिस्टर डीले पनि बालेनलाई परिवर्तन र शुभकामना व्यक्त गर्दै उनको गीतको लिंक सेयर गरेका छन्।
काठमाडौं । बालेन प्रधानमन्त्रीमा बनेपछि सबैभन्दा खुसी नेपाली संगीतको हिपहप समुदाय देखिएको छ । बालेन स्वयम अन्डरग्राउन्ड हिपहपको दुनियाँबाट उदाएका हुन् ।
हिपहप कलाकारले सामाजिक सञ्जालबाट बालेन प्रधानमन्त्री बनेपछि सबै र्यापरको लागि गर्वको कुरा भएको बताएका छन् । बालेनबाट मुलुकले नयाँ आशा पाएको टिप्पणी उनीहरूले गरेका छन् ।
र्यापर हाकिमले बालेन प्रधानमन्त्री बन्नु सबै नेपाली र्यापरको लागि खुसीको क्षण भएको बताएका छन् । बालेनको फोटो सेयर गर्दै उनी लेख्छन्, ‘बधाई छ भाइ । आशा गर्छु, तिमीले संसारका सबै युवाहरूलाई प्रेरणा दिनेछौ । कान्छा प्रधानमन्त्रीलाई शुभकामना छ । सबै र्यापरहरूले गर्व गर्ने क्षण ।’
युवापुस्ताका चर्चित र्यापर साकारले हिपहप शैलीमा बधाई दिँदै लेखेका छन्- सुरु गरुम कब्जा अनि आउँछ मज्जा ।’, यसअघि साकारले यदि बालेनले काम गर्न नसके, आफू राजनीतिमा होमिने कुरा बोलेर चर्चामा आएका थिए ।
स्वप्नील शर्माले लेखेका छन्, ‘परिवर्तनको सुरु आफैबाट, फेरि उज्यालो ल्याउने दिन आयो । हातमा हात मिलाएर, नेपाल सजाउने दिन आयो ।’
मिस्टर डीले ‘जय महाकाली’ भन्दै बालेनलाई बधाइ तथा शुभकामना दिएका छन् । भियोमाले जय महाकाली भन्दै शुभकामना दिएका छन् । यी दुवैजनाले बालेनको पछिल्लो गीतको लिंक सेयर गरेका छन् ।
संगीत क्षेत्रका अन्य कलाकारले पनि बधाई दिइरहेका छन् । विशेषगरि, हिपहप समुदाय बालेन प्रधानमन्त्री बन्दा औधि खुसी देखिएको छ ।
लाउरे लेख्छन् : ‘महानगरबाट देशसम्म । आज जनताको सपना प्रधानमन्त्रीको कुर्सीसम्म पुगेको छ। नवप्रधानमन्त्री बालेन्द्र शाहज्यू लगायत सम्पूर्ण नव माननीय मन्त्रीज्यूहरूमा हार्दिक बधाई ।’
प्रतिक्रिया 4