+

हेमन्तको चार विकेट र खडकको अर्धशतकमा सुदूरपश्चिमको दोस्रो जित

२०८२ चैत  १३ गते १५:२७ २०८२ चैत १३ गते १५:२७
हेमन्तको चार विकेट र खडकको अर्धशतकमा सुदूरपश्चिमको दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशले वीरगञ्जमा भएको पीएम कप क्रिकेटमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ।
  • सुदूरपश्चिमका हेमन्त धामीले ९ ओभरमा २६ रन दिएर ४ विकेट लिए।
  • खडक बोहराले ४५ बलमा ६६ रन बनाएर सुदूरपश्चिमको जितमा योगदान पुर्‍याए।

१३ चैत, काठमाडौं । हेमन्त धामीको चार विकेट तथा खडक बोहराको अर्धशतक मद्दतमा सुदूरपश्चिम प्रदेशले पीएम कप क्रिकेटमा दोस्रो जित हासिल गरेको छ ।

शुक्रबार वीरगञ्जमा भएको खेलमा सुदूरले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशीले दिएको १३२ रनको लक्ष्य सुदूरले १९.५ ओभरमा पूरा गर्‍यो ।

खडकले ४५ बलमा ९ चौका र ३ छक्कासहित ६६ रन बनाए । किरण ठगुन्ना २५ रनमा अविजित रहे भने ओपन। अभिषेक पालले १४ रन बनाए ।

कोशीका बिपिन महतोले २ तथा ज्ञानेन्द्र श्रेष्ठले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशीले ४३.४ ओभरमा सबै विकेट गुमाएर १३० रन बनाएको थियो ।

शिवांश बजगाइंले सर्वाधिक २५ रन बनाए । सुमन श्रेष्ठले २४, दिपेश कँडेलले २० तथा फिर्दोश अन्सारीले १८ रन बनाए ।

सुदूरका हेमन्तले ९ ओभरमा २६ रन दिएर ४ विकेट लिए । किरणले २ तथा नारायण जोशी र सौर्य श्रेष्ठले १-१ विकेट लिए ।

सुदूरपश्चिमले पहिलो खेलमा कर्णाली प्रदेशलाई हराएको थियो भने दोस्रो खेलमा मधेश प्रदेशसँग पराजित भएको थियो ।

कोशीले भने पहिलो खेल वर्षाले रद्द भएपछि लगातार तेस्रो हार बेहोरेर अझै जितविहीन छ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय