News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेल क्षेत्रमा राजनीतिकरण रोक्नुपर्ने बताएका छन् ।
- मन्त्री पोखरेलले खेलकुदमा राजनीतिक मान्छे नभएर खेल क्षेत्रकै मानिस आउनुपर्ने र खेलकुद निकायमा विज्ञता भएका व्यक्तिहरुलाई राख्नुपर्ने बताए ।
- उनले एन्फाको विवाद खेलकुद र राजनीति छुट्याएर क्षेत्रका विज्ञसँग बसेर समाधान गर्नुपर्ने बताए ।
१३ चैत, काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेल क्षेत्रमा भएको राजनीतिकरण रोक्नुपर्ने बताएका छन् ।
शुक्रबार सिंहदरबार पुगेर पदभार ग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिने क्रममा युवा तथा खेलकुद मन्त्रालयको समेत जिम्मा पाएका मन्त्री पोखरेलले खेलकुदमा राजीतिकरणलाई रोक्नु प्राथमिकतामा रहने बताएका हुन् ।
‘खेलकुदमा राजनीतिकरण बन्द गरिनुपर्छ पहिलो कुरा । खेलकुद र शिक्षा क्षेत्रमा मात्र होइन राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउँदै गर्दा पेशागत रुपमा जहाँ-जहाँ पनि राजनीतिकरण भएर काम गर्न त्यो रोक्नु पर्छ । नेपालको खेलकुल क्षेत्र पनि धेरै राजनीति भएर बिग्रेको छ’ उनले भने, ‘नेपालको ससम्या नै यही हो । जहाँ राजनीति गर्नुपर्ने हो त्यहाँ राजनीति हुँदैन । जहाँ राजनीति नगर्नुपर्ने त्यहाँ राजनीति भइराछ ।’
उनले अब खेलकुदमा राजनीतिक मान्छे नभएर खेलकै मानिस आउनुपर्ने कुरामा जोड दिए । ‘अब खेलकुदमा राजनीति होइन खेल क्षेत्रकै मान्छे जाने हो । राजनीति गर्ने मान्छे जाने होइन ।’
यस्तै मन्त्री पोखरेलले खेलकुदको अनुभव भएका व्यक्तिहरूलाई नै खेलकुद सम्बन्धित संस्थामा आउनुपर्ने बताए ।
‘राखेप अथवा खेलकुदसँग सम्बन्धित जतिपनि खेलकुद निकायहरू छ त्यो सबैमा त्यो क्षेत्रको विज्ञता भएको, अनुभव भएका विज्ञहरू राखेर सँगै अगाडि बढाउनेछौं । अब हाम्रो मुमहत्वपूर्ण योजना भनेको खेलक्षेतत्रमा भएको राजनीति रोक्नु हो’ उनले स्पष्ट रूपमा भनेका छन् ।
यस्तै अहिले हट टपिकको रुपमा रहेको एन्फाको विवाद र राजनीति भएर नै ब्रिग्रेको बताउँदै यसलाई खेलकुदकै क्षेत्रका मानिसहरूसँग बसेर समाधान गर्नुपर्ने बताए ।
‘एन्फा पनि अहिले बिग्रेको राजनीति भएर हो । पहिला खेलकुद र राजनीति लाई छुट्याउनुपर्छ र त्यही क्षेत्रको विज्ञसँग बसेर सहकार्य गरेर अघि बढनुपर्छ’ उनको भनाइ थियो ।
यसैगरी मन्त्री पोखरेलले नेपालमा धेरै खेलाडी तीन विभागबाट रहेकोले अब सानै उमेर देखि नै खेलाडीहरूलाई ट्रेनिङ र डाइटमा केन्द्रित गर्ने बताए । ‘नेपालमा धेरै खेलाडी तीन विभागबाट छन् । विधागमा निश्चित उमेरमा जाँदा पनि उनीहरूको ट्रेनिङहरू राम्रो छ,’ उनले भने, ‘निश्चित उमेरमा जाँदा त राम्रो हुन्छ । त्यही खालको ट्रेनिङ र डाइट सानै उमेरदेखि सुरु गर्यौं भने अझ राम्रो हुन्छ ।’
काठमाडौं महानगरका हुँदा यो कार्यक्रम सुरु गरेको र त्यसलाई अब कानुन र निति बनाएर अझ राम्रोसँग अगाडि बढाउने उनले बताए ।
प्रतिक्रिया 4