+
+
Shares

ओलीलाई स्वास्थ्य परीक्षण गर्न टिचिङ अस्पताल लगियो

आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको प्रहरीले केहीबेर जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेर स्वास्थ्य परीक्षण गर्न लगेको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ चैत १४ गते ८:११

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको छ । आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको प्रहरीले केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर स्वास्थ्य परीक्षण गर्न लगेको हो ।

उनलाई अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको छ । रेड जोनमा विशेष र जटिल प्रकारका बिरामीहरुलाई राख्ने गरिन्छ ।

अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आज बिहान साढे ८ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको हो । सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँगको बैठक बस्ने छ । ती बैठकले विरोधका कार्यक्रम र स्वरुप तय गर्ने सचिव बस्नेतको भनाइ छ ।

एमाले सचिव महेश बस्नेतले सचिवालय बैठकपछि विरोधको कार्यक्रमको विस्तृत जानकारी दिइने बताएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?