+
+
Shares

जम्मु–कश्मिरमा हिमपहिरोमा परी सात जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते ११:०२

१४ चैत, काठमाडौं । भारतको जम्मु–कश्मिरमा हिमपहिरोमा परी सात जनाको मृत्यु भएको छ । श्रीनगर–लेह राजमार्गमा पर्ने जोजिला दर्रा (पहाडको बीचबाट जाने बाटो) नजिकै हिमस्खलन हुँदा सात जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार दिउँसो जोजिला दर्रामा जिरो प्वाइन्ट र मिनीमार्गको भागमा हिमपहिरो गएको थियो ।

यो जम्मु–कश्मिर र लद्दाख जोड्ने राष्ट्रिय राजमार्ग हो । हिमस्खलनले कयौं गाडीहरू हिउँमा फसेका थिए । ‘उचाइमा रहेको बाटो भएर गाडीहरूको आवागमन भइरहेको थियो,’ बीबीसीको समाचारमा भनिएको छ, ‘त्यही समयमा ठूलो मात्रामा हिउँ तल खस्यो र कयौं गाडीहरू पुरिए ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?