+

धोनीले आईपीएलका सुरुवाती दुई साता गुमाउने सम्भावना

२०८२ चैत  १४ गते ११:०९ २०८२ चैत १४ गते ११:०९
धोनीले आईपीएलका सुरुवाती दुई साता गुमाउने सम्भावना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेन्नई सुपर किङ्सका पूर्वकप्तान महेन्द्रसिंह धोनीले चोटका कारण आईपीएल २०२६ को सुरुवाती दुई साता गुमाउने भएका छन्।
  • धोनीको अनुपस्थितिमा सन्जु सामसन विकेटकिपर बन्ने सम्भावना बढी छ र उनले कप्तान रुतुराज गायनक्वाडसँग ओपनिङ गर्नेछन्।
  • चेन्नईले पहिलो खेल सोमबार राजस्थान रोयल्सविरुद्ध खेल्नेछ र त्यसपछि पन्जाब किङ्स, आरसीबी र दिल्ली क्यापिटल्ससँग खेल्ने तालिका छ।

१४ चैत, काठमाडौं । चेन्नई सुपर किङ्स (सीएसके) का पूर्वकप्तान एवम् विकेटकिपर ब्याटर महेन्द्रसिंह धोनीले चोटका कारण आईपीएल २०२६ को सुरुवाती दुई साता गुमाउने भएका छन् ।

४४ वर्षीय धोनी पिँडुलाको चोट (काफ स्ट्रेन) बाट निको हुने क्रममा रहेको र सुरुवाती दुई साता नखेल्ने सम्भावना रहेको चेन्नईले जनाएको छ । सीएसकेका अनुसार धोनी अहिले रिहाबमा छन्।

सीएसकेले आफ्नो पहिलो खेल सोमबार राजस्थान रोयल्सविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नेछ। त्यसपछि टोलीले पन्जाब किङ्स, रोयल च्यालेन्जर्स बेंगलुरु र दिल्ली क्यापिटल्ससँग खेल्ने तालिका छ।

धोनीको अनुपस्थितिमा सन्जु सामसन विकेटकिपर बन्ने सम्भावना बढी छ। यसै सिजन राजस्थानबाट ट्रेड भएर चेन्नई आएका उनले कप्तान रुतुराज गायनक्‍वाडसँगै ओपनिङ गर्नेछन्।

सीएसकेले यसअघि पनि चोटको समस्या बेहोरेको छ। अष्ट्रेलियाका तीव्र बलर नेथन एलिस पुरै सिजनबाट बाहिरिएका छन् र उनको स्थानमा स्पेन्सर जोनसन भित्रिएका छन्।

गत सिजनमा धोनीले सबै १४ खेल खेलेका थिए र १३ इनिङ्समा १९६ रन बनाएका थिए। तर सीएसकेले ४ जित मात्रै निकाल्दै तालिकाको पुछारमा समाप्त गरेको थियो।

यस वर्ष टोली राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ।

आईपीएल २०२६ एमएस धोनी चेन्नई सुपर किङ्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय