+
+
Shares

एमालेले अन्य दल र नागरिक समाजसँग संवाद गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा सबै दल, नागरिक समाज र आम जनतासँग सहकार्य गर्ने निर्णय गरेको छ।
  • ओलीलाई पक्राउ गरेको केही घण्टापछि एमाले सचिवालयको आकस्मिक बैठक बसेको थियो।
  • ओली स्वास्थ्य जाँचको क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा छन्।

१४ चैत, काठमाडौं । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा जनमत तयार पार्न नेकपा एमालेले अन्य राजनीतिक तथा नागरिक समाजसँग संवाद र सहकार्य गर्ने निर्णय गरेको छ ।

ओली पक्राउ परेको केही घण्टापछि शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सबै दल, नागरिक समाज आम जनतासँग सहकार्य गर्ने निर्णय गरेको हो ।

कार्की आयोगको प्रतिवेदनको आधारमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीलाई सुरक्षाकर्मीले पक्राउ गरेपछि एमालेको आकस्मिक बैठक बसेको हो ।

बैठकले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने निर्णय गरेको एमालेले जनाएको छ । साथै, नागरिक समाज र आम नागरिकसँग सहकार्य गर्ने निर्णय पनि भएको छ । पक्राउ परेका ओली स्वास्थ्य जाँचको क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?