१४ चैत, काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ कानुनी शासन अनुसार नभएको बताएका छन् ।
कार्की आयोगको प्रतिवेदनको आधारमा पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई सुरक्षाकर्मीले शनिबार विहान सबेरै उनीहरुको निवासबाट नियन्त्रणमा लिएका थिए । जुन किसिमले पक्राउ पुर्जी जारी गरियो । त्यस अनुसारको परिस्थिति थिएन ।
अपराध गर्दा गर्दैको अवस्थामा रंगे हात फेला परेको मान्छेलाई जरुरी पक्राउ पुर्जी जारी गर्न मिल्ने हो,’ वरिष्ठ अधिवक्ता मिश्रले अनलाइनखबरसँग भने,‘सामान्य अवस्थाको मान्छेलाई पक्राउ गरेर लाने कानुनी व्यवस्था पनि छैन । प्रचलन पनि त्यो होइन । जुन तरिकाले पक्राउ गरियो, कानुनी शासनको चरित्र अनुकूल देखिदैन ।’
भदौ २३ र २४ गतेको घटनामा निष्पक्ष अनुसन्धान गरेर एकै चोटी सबैलाई अभियोजन लगाउनुपर्नेमा कानुनी बाटो भन्दा फरक तरिका अपनाइएको मिश्र बताउँछन् । ‘सबैलाई एकैपटक अभियोजन लगाउनु पर्ने हो । अभियोजन नलाउनु पर्नेलाई छोड्नुपर्ने हो । दुई जना मानिसलाई लगेर प्रचार गर्ने गरी जानु राज्यको लागि ठिक होइन’, मिश्रले भने ।
सरकारले असाधारण र अप्राकृतिक कार्य गरेको मिश्रको टिप्पणी छ । बन्दी प्रत्यक्षीकरण र म्याद थपको बेलामा कानुन व्यवसायीहरुले अदालतलाई वास्तविक विषय जानकारी गराउने मिश्रले जानकारी गराए ।
प्रतिक्रिया 4