+
+
Shares

एमाले कर्णालीका नेता मल्ल बलात्कार आरोपमा पक्राउ*

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १५:२९

१४ चैत, काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।

मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले शनिबार मल्ललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनीविरुद्ध पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित महिला केही समयअघि माइतीघरमा अनशन पनि बसेकी थिइन् ।

*यसअघि प्रहरीले बताए अनुसार संविधानसभा सदस्य हुन गएकोमा सच्याइएको छ-सम्पादक

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?