+
+
Shares

च्यासलमा एमाले कार्यकर्ताद्वारा पत्रकारहरूमाथि दुर्व्यवहार

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १५:४४
पत्रकारको समूहलाई एमाले कार्यकर्ताले लखेटेका थिए। पछि प्रहरीले पनि भिडियो/फोटो नखिची फर्किन पत्रकाहरुलाई भनेको थियो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताले पत्रकारमाथि दुर्व्यवहार गरेका छन्।
  • एमाले सचिवालय बैठकको रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई पार्टी कार्यालय परिसरमै कार्यकर्ताले क्यामेरा बाहिर निकाल्न खोजेका थिए।
  • एमाले कार्यकर्ताले च्यासलस्थित करिडोर पुलमा टायर बालेर प्रदर्शन गर्दा पत्रकारमाथि हातपात र गालीगलौज गरेका थिए।

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा उत्रिएका केही एमाले कार्यकर्ताले रिपोर्टिङका लागि पार्टी कार्यालय पुगेका पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।

एमाले सचिवालय बैठकको रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुले सोधेको प्रश्नप्रति पार्टी कार्यालय परिसरमै केही कार्यकर्ताले दुर्व्यवहार गरी क्यामेराहरू बाहिर निकाल्न खोजेका थिए ।

सचिवालय बैठकपछि नाराबाजी गरेको एमाले कार्यकर्ताले च्यासलस्थित करिडोर पुलमा टायर बालेर प्रदर्शन गरेका थिए । सोही प्रदर्शनमा फाटो/भिडियो खिचेको भन्दै एमाले कार्यकर्ताले पत्रकारमाथि हातसमेत हाल्दै गालीगलौज गरेका हुन् ।

मिडियामाथि आक्रमक देखिएका कार्यकर्ताले अनलाइनखबरका पत्रकार कौशल काफ्ले, प्रसुन संग्रौला र कान्तिपुरका पत्रकार दया दुदराजमाथि दुर्व्यवहार गरेका थिए ।

‘देश जल्दा तिमीहरूको क्यामेरा कहाँ थियो ?,’ पत्रकारमाथि हातपात गर्दै उनीहरुले भनेका थिए, ‘हिजो सिंहदरबार जल्दा तिमीहरुको फोन कहाँ थियो ? अहिले के खिच्न आएका हौ ?’

त्यसअघि पनि उनीहरूले केही पत्रकारलाई लखेटेका थिए । च्यासल पार्टी कार्यलयबाटै करिडोर पुलपारीसम्मै उनीहरुले लखेट्दै गालीगलौज गरेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?