+

पीएम कपमा शनिबारका दुवै खेल नतिजाविहीन

२०८२ चैत  १४ गते १५:४८ २०८२ चैत १४ गते १५:४८
पीएम कपमा शनिबारका दुवै खेल नतिजाविहीन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार काठमाडौंमा तय भएका दुवै खेल वर्षाले नतिजाविहीन भएका छन् ।
  • नेपाल पुलिस क्लबले ४ खेलबाट ५ अंक जोडेर शीर्षस्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ ।
  • एपीएफ क्लब र गण्डकी प्रदेशले क्रमशः ३ र १ अंक जोडेका छन् ।

१४ चैत, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार काठमाडौंमा तय भएका दुवै खेल नतिजाविहीन भएका छन् ।

तल्लो मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब तथा माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीचको खेल वर्षाले पूरा हुन सकेन ।

गएरातिदेखिको वर्षापछि भिजेको मैदान सुक्न नपाउँदै शनिबार पनि पटक पटक वर्षा हुँदा ढिलो गरी टस भएको थियो ।

माथिल्लो मुलपानीमा २६ ओभरको खेल सुरु भएर गण्डकीले ब्याटिङ गर्दा फेरि वर्षा भएपछि २२ ओभरमा झारिएको थियो । १८ ओभरमा १०३-२ को अवस्थाबाट खेल अघि बढ्न सकेन ।

यस्तै तल्लो मुलपानीमा २० ओभरको खेल तय भएको थियो । एपीएफ क्लबले ९.५ ओभरमा ८५-३ को अवस्थामा हुँदादेखि खेल अघि बढ्न सकेन ।

योसँगै दुवै खेलका चार टोलीले १-१ अंक प्राप्त गरेका छन् । अंकतालिकामा नेपाल पुलिस क्लब ४ खेलबाट ५ अंक जोडेर शीर्षस्थानमा छ । ३ खेलमा ५ अंक जोडेको आर्मी नेट रनरेटका आधारमा दोस्रोमा छ ।

एपीएफ ३ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा छ भने ३ खेलमा १ अंक मात्र जोडेको गण्डकी प्रदेश पुछारमा छ ।

प्रतियोगितामा भोलि बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब तथा एपीएफ क्लब र गण्डकी प्रदेश खेल्नेछन् ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय