+

बूढानीलकण्ठ-शिवपुरी खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो

२०८२ चैत  १४ गते १६:१० २०८२ चैत १४ गते १६:१०
बूढानीलकण्ठ-शिवपुरी खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिलन राई र सुनसरीले बूढानीलकण्ठ-शिवपुरी खुला ट्रेल रेसमा पुरुष र महिलातर्फ पहिलो स्थान हासिल गरे ।
  • प्रतियोगितामा १५ किलोमिटर दूरी तय गर्न मिलनले १ घण्टा ३५ मिनेट ४६ सेकेन्ड खर्च गरे भने सुनसरीले १ घण्टा ५८ मिनेट ०४ सेकेन्ड ।
  • दौडमा २४० खेलाडी सहभागी थिए ।

१४ चैत, काठमाडौं । मिलन राई र सुनसरी रोकाया बूढानीलकण्ठ-शिवपुरी खुला ट्रेल रेसमा शनिबार पहिलो भएका छन् । १५ किलोमिटर दूरीको दौडमा मिलन पुरुष तथा सुनसरी महिलातर्फ पहिलो भएका हुन् ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा ३ द्वारा आयोजित दौडमा मिलनले निर्धारित दूरी १ घण्टा ३५ मिनेट ४६ सेकेन्डमा पूरा गरे । प्रताप थाम्सुहाङ (१ घण्टा ३६ मिनेट ०४ सेकेन्ड) दोस्रो तथा करण रावल (१ घण्टा ३६ मिनेट ४६ सेकेन्ड) तेस्रो भए । लोकेन्द्र राई चौथो र विशाल राई पाँचौं स्थानमा रहे ।

सुनसरीले निर्धारित दूरी तय गर्न १ घण्टा ५८ मिनेट ०४ सेकेन्ड समय खर्चिइन् । राज्यलक्ष्मी रावल (२ घण्टा ०२ मिनेट ०७ सेकेन्ड) दोस्रो तथा गीता नेपाली (२ घण्टा १० मिनेट २२ सेकेन्ड) तेस्रो बने । आश्मा विकले चौथो तथा मन्जु सुनुवारले पाँचौं स्थानमा दौड टुंगाए ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे । दुवै समूहमा चौथो र पाँचौं स्थानमा रहने खेलाडीलाई समान ५–५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेतालाई आयोजक वडा ३ का अध्यक्ष आकाश धिताल, ओलम्पियन धाविका सन्तोषी श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दौडमा २ सय ४० को सहभागिता रहेको प्रतियोगिता संयोजक समेत रहेका वडा ३ का सदस्य विकास तामाङले जनाएका छन् ।

बूढानीलकण्ठ मन्दिर परिसरबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी बूढानीलकण्ठ मन्दिर परिसरमै आएर टुंगिएको थियो ।

बूढानीलकण्ठ-शिवपुरी खुला ट्रेल रेस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय