+
+
Shares

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

‘सेवा प्रवाह छिटो र छरितो हुनुपर्‍यो । कुनै पनि विवादित कामहरू हुनुभएन,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १८:२८

१४ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

शनिबार मन्त्रालयका कामकारबाहीबारे जानकारी लिँदै सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएको बताउँदै जनतालाई तत्काल लाभ हुने र प्रतिफल आउने गरी जनमुखी काम गर्न आग्रह गरे ।

‘देशमा एउटा नयाँ राजनीतिक परिदृश्य देखिएको छ । निर्वाचनले हामीलाई अभूतपूर्व ‘म्यान्डेड’ दिएका छन् । जनअपेक्षा पनि धेरै छन्,’ उनले भने, ‘त्यसैले जनताले तत्काल अनुभूति गर्नेगरी सरकारले काम गर्नुपर्ने दायित्व छ ।’

उनले नवगठित सरकारको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सरल, छिटो र छरितो सेवा प्रवाह बनाइनुपर्नेमा जोड दिए । ‘सेवा प्रवाह छिटो र छरितो हुनुपर्‍यो । कुनै पनि विवादित कामहरू हुनुभएन,’ उनले भने ।

सेवाग्राहीले समस्या महसुस गर्नुभन्दा अगाडि नै हामीले समाधान गरिसक्नुपर्ने उनले बताए । उनले अगाडि भने, ‘जनभावनालाई सम्मान गरेर देशले खोजेको बाटोमा मुलुकलाई अगाडि बढाउन सबैले योगदान गर्नुपर्छ ।’

उनले मन्त्रालयले तत्काल गर्नुपर्ने सुधार र दीर्घकालीन कार्ययोजनासहित आउन उच्चपदस्त अधिकारीलाई आग्रह गर्दै सञ्चार मन्त्रालयलाई नमूना मन्त्रालयका रूपमा स्थापित गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए । –रासस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?