+
+
Shares

ओली पक्राउको विरोधमा गुल्मीमा मसाल जुलुस

एमालेका नेता तथा कार्यकर्ताले जिल्लाका विभिन्न स्थानबाट तम्घासको जिल्ला प्रशासन परिसरमा मसाल जुलुस निकाल्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

अनिल खत्री अनिल खत्री
२०८२ चैत १४ गते १९:४४

१४ चैत, गुल्मी । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा गुल्मीमा मसाल जुलुससहित प्रदर्शन गरिएको छ । एमालेका नेता तथा कार्यकर्ताले जिल्लाका विभिन्न स्थानबाट तम्घासको जिल्ला प्रशासन परिसरमा मसाल जुलुस निकाल्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

प्रदर्शनकारीले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै तत्काल रिहाइको माग गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरूले हातमा मसाल बोकेर लोकतन्त्रको रक्षा गर, राजनीतिक प्रतिशोध बन्द गर जस्ता नाराहरू लगाएका थिए ।

उनीहरूले वर्तमान सरकारको कदमले लोकतान्त्रिक मूल्य र मान्यतामा आघात पुगेको बताएका छन् । सम्भावित अप्रिय घटनालाई ध्यानमा राख्दै सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?