+
+
Shares

निजी क्षेत्रको मनोबल उकास्न के छ सरकारकाे तयारी ?

शुक्रबार मन्त्रिपरिषद्ले पारित गरेको १०० कार्यसूचीअनुसार निजी क्षेत्र, उद्योग-व्यवसाय, बैंक तथा वित्तीय संस्था, साना तथा मझौला उद्यम तथा सेवा क्षेत्रको सुरक्षा तथा संरक्षणका लागि निजी क्षेत्र संरक्षण रणनीति बनाएर तत्काल लागू गरिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते २२:३६

१४ चैत, काठमाडौं । सरकारले जेनजी आन्दोलन तथा सार्वजनिक प्रदर्शनका कारण निजी क्षेत्रको लगानी वातावरण र रोजगारीमा परेको प्रभाव न्यूनीकरण गर्दै सुरक्षित, स्थिर र विश्वसनीय व्यावसायिक वातावरण बनाउन विभिन्न सहूलीयत कार्यक्रम ल्याउने भएको छ ।

शुक्रबार मन्त्रिपरिषद्ले पारित गरेको १०० कार्यसूचीअनुसार निजी क्षेत्र, उद्योग-व्यवसाय, बैंक तथा वित्तीय संस्था, साना तथा मझौला उद्यम तथा सेवा क्षेत्रको सुरक्षा तथा संरक्षणका लागि निजी क्षेत्र संरक्षण रणनीति बनाएर तत्काल लागू गरिने भएको छ ।

उद्योग, व्यापारिक केन्द्र, बैंकिङ पूर्वाधार तथा आपूर्ति शृङ्खलाको सुरक्षाका लागि सुरक्षा निकायलाई उच्च सतर्कता कायम गर्न तथा विशेष सुरक्षा प्रबन्ध गरिने समेत निर्णयमा उल्लेख छ ।

प्रदर्शनका कारण अवरोध भएका व्यवसाय सञ्चालन तथा पुन:सञ्चालनको लागि प्राथमिकताका साथ प्रशासनिक सहजीकरण गर्नेसमेत सरकारको कार्यसूचीमा छ ।

व्यवसायमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गरी आवश्यक राहत, पुनर्स्थापना तथा सहुलियत प्याकेज (कर छुट, ब्याज सहुलियत, ऋण पुनर्संरचना) तयार गर्ने समेत सरकारले घोषणा गरेको छ ।

निजी क्षेत्रसँग निरन्तर संवाद तथा समन्वयका लागि प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उद्योग–वाणिज्य संवाद परिषद्लाई सक्रिय गराउने घोषणा गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?