News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिन २ लाख ८६ हजार रुपैयाँ थियो र विगत एक सातामा ८ हजार रुपैयाँ बढेको छ।
- चाँदीको भाउ सोमबार प्रतितोला ४ हजार ७०० रुपैयाँ पुगेको छ जुन अघिल्लो दिनभन्दा २० रुपैयाँ कम हो।
१६ चैत, काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ८ हजार रुपैयाँ बढेको छ । गत सोमबार २ लाख ७५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७०० रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4