+

पीएसएल : बल टेम्परिङको आरोपमा फखारलाई प्रतिबन्धको सम्भावना

२०८२ चैत  १६ गते ११:३६ २०८२ चैत १६ गते ११:३६
पीएसएल : बल टेम्परिङको आरोपमा फखारलाई प्रतिबन्धको सम्भावना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फखार जमान बल टेम्परिङ गरेको आरोपमा कम्तीमा १ खेल र बढीमा २ खेल प्रतिबन्धको जोखिममा छन् ।
  • लाहोर कलन्दर्स र कराँची किङ्सबीचको खेलमा बलको अवस्था परिवर्तन भएको शंकामा अम्पायरले नयाँ बल प्रयोग गरेका थिए ।
  • कराँची किङ्सलाई ५ पेनाल्टी रन दिइएको थियो ।

१६ चैत, काठमाडौं । फखार जमान पाकिस्तान सुपर लिग (पीएसएल) २०२६ मा बलको अवस्था परिवर्तन (बल टेम्परिङ) गरेको आरोपमा कारबाहीको जोखिममा परेका छन् ।

उनीमाथि लेभल–३ को आरोप लागेको छ, जसअनुसार कम्तीमा १ खेल र बढीमा २ खेलसम्म प्रतिबन्ध लाग्न सक्छ ।

यो घटना आइतबार लाहोर कलन्दर्स र कराँची किङ्सबीचको खेलका क्रममा भएको हो। अन्तिम ओभरको सुरुमै अम्पायरले बल जाँच गरेपछि त्यसमा परिवर्तन गरिएको शंका गरिएको थियो । त्यसपछि अम्पायरहरूले नयाँ बल प्रयोग गर्न लगाए ।

नियमअनुसार कराँची किङ्सलाई ५ पेनाल्टी रन दिइयो, जसले खेलको नतिजामा ठूलो असर पार्‍यो । लक्ष्य पछ्याइरहेको कराँचीलाई जित्न सजिलो भयो र उनीहरूले खेल जिते ।

अब यस घटनाबारे म्याच रेफ्रीले छानबिन गर्नेछन् र फखारले आरोपविरुद्ध आफ्नो बचाउ पेश गर्ने मौका पनि पाउने छन् ।

यस्तै, कराँचीका हसन अलीलाई विकेट लिएपछि गरेको आक्रामक सेलेब्रेसनका कारण म्याच फीको १० प्रतिशत जरिवाना गरिएको छ ।

-क्रिकइन्फोबाट

पीएसएल फखार जमान बल टेम्परिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय