News Summary
Generated by OK AI. Editorially reviewed.- बुटवलस्थित अनलाइनखबरकर्मी टोपराज शर्मालाई रुपन्देही हाटबजार व्यवसायी संघले पत्रकारितामा योगदानप्रति सम्मानित गरेको छ।
- संघको १०औं अधिवेशनमा शर्मा सम्मानित भएका थिए र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कदरपत्र प्रदान गर्नुभएको थियो।
- संघका अध्यक्ष हुमाराम पोखरेलले रुपन्देहीमा १२२ स्थानमा हाटबजार सञ्चालनमा रहेको र करिब पाँच हजार व्यवसायी आवद्ध भएको जानकारी दिनुभयो।
१६ चैत, बुटवल । बुटवलस्थित अनलाइनखबरकर्मी टोपराज शर्मा हाटबजार व्यवसायी संघ रुपन्देहीबाट सम्मानित भएका छन् ।
संघको १०औं अधिवेशनमा साना व्यवसायीको अधिकार र समस्या समाधानका पक्षमा पत्रकारिताका माध्यमबाट योगदान गरेबापत शर्मा सम्मानित भएका हुन् ।
शर्मालाई बुटवल उपमहानरगपालिकाका प्रमुख खेलराज पाण्डेय र संघका अध्यक्ष हुमाराम पोखरेलले कदरपत्रले सम्मान गरेका हुन् ।
शर्मा दुई दशकदखि पत्रकारितामा निरन्तर क्रियाशील छन् । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले रुपन्देहीमा सञ्चालित हाटबजारले किसानका उत्पादन विक्रिमा सहयोग पुगेको बताए ।
संघका अध्यक्ष हुमाराम पोखरेले रुपन्देहीमा १२२ स्थानमा हाटबजार सञ्चालन हुँदै आएका र करिब पाँच हजार व्यवसायी आवद्ध रहेका जानकारी गराए ।
उनले अन्य क्षेत्रका व्यवसायीलाई पनि जोड्दै जाने बताए ।
प्रतिक्रिया 4