News Summary
Generated by OK AI. Editorially reviewed.- विज्ञापन बोर्डले जुवा तथा सट्टेबाजी सम्बन्धी विज्ञापन र प्रचारप्रसार बन्द गर्न निर्देशन दिएको छ।
- यदि विज्ञापन प्रकासन, प्रसारण वा प्रदर्शन गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने बोर्डले चेतावनी दिएको छ।
- अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा १ अनुसार नेपालमा जुवा र बेटिङ सम्बन्धी विज्ञापन निषेध गरिएको छ।
१६ चैत, काठमाडौं । विज्ञापन बोर्डले जुवा तथा सट्टेबाजी सम्बन्धी विज्ञापन तथा प्रचारप्रसार बन्द गर्न निर्देशन दिएको छ ।
यदि विज्ञापन तथा प्रचार प्रसार गरेको पाइएमा कारबाही हुने चेतावनी बोर्डले दिएको छ । एक विज्ञप्ति जारी गर्दै बोर्डले विज्ञापन प्रकाशन, प्रसारण वा प्रदर्शन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । यसअघि सरकारले शासकीय सुधार सम्बन्धी कार्यसूचीमा सट्टेबाजी एप र त्यस सम्बन्धी वेवसाइट बन्द गर्ने उल्लेख गरेबमोजिम निर्देशन जारी गरिसकेको छ ।
सबै प्रकारका सञ्चारमाध्यम, सामाजिक सञ्जाल पेज, वेबसाइट वा व्यक्ति तथा संस्थाले अनलाइन जुवा, बेटिङ लगायतका प्रचलित कानुनले निषेध गरेका विज्ञापन प्रकाशन तथा प्रसारण गर्न निषेध गरिएको बोर्डले जनाएको छ ।
‘अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा १ मा जुवा खेल्नु वा खेलाउनु नहुने व्यवस्था गरी नेपालमा जुवा, बेटिङ सम्बन्धी कुनै पनि किसिमको विज्ञापन प्रकाशन, प्रसारण र प्रदर्शन निषेध गरिएको छ’ बोर्डले विज्ञप्तिमा भनेको छ । नेपालमा जुवा, बेटिङ सम्बन्धी कुनै पनि किसिमको विज्ञापन प्रकाशन, प्रसारण र प्रदर्शन निषेध गरिएको छ । यस सम्बन्धी सबै वेबसाइट र एप बन्द गराइएको छ ।
प्रतिक्रिया 4