News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्यार्थी संघले अल्मुनाइ गठनका लागि इन्जिनियर यमकृष्ण पौडेलको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ।
- अध्ययन समितिमा सृजना स्नेही र श्यामराज ओझा सदस्य रहेका छन् भने अध्यक्ष दुजाङ शेर्पाले पार्टी नेतृत्वसँग परामर्श गर्ने जानकारी दिनुभयो।
- नेविसंघले कांग्रेसको भ्रातृ संगठन नरहने निर्णय गरिसकेको छ र संगठनको कार्यगत स्वायत्तताको पक्षमा छ।
१६ चैत, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नरहने निर्णय गरेको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सल्लाहकार एवम् अभिभावक संस्था अल्मुनाइ गठन गर्नका लागि अध्ययन समिति गठन गरेको हो ।
नेविसंघले सोमबार इन्जिनियर यमकृष्ण पौडेलको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो ।
समितिमा सृजना स्नेही र श्यामराज ओझा सदस्य छन् । अध्यक्ष दुजाङ शेर्पाले अल्मुलाइ गठनका लागि पार्टी नेतृत्व, नेविसंघका पूर्वअध्यक्ष, पदाधिकारी र सदस्यहरूसँग समितिले छलफल, परामर्श, पहल तथा आवश्यक अध्ययन गर्ने जानकारी दिए ।
साढे पाँच दशक लामो इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो विद्यार्थी संगठन नेविसंघले संगठनको कार्यगत स्वायत्तताका लागि भन्दै कांग्रेसको भ्रातृ संगठन नरहने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया 4