+
+
Shares

पार्टी नेता तथा शुभेच्छुकलाई रास्वपाले भन्यो : बधाई-शुभकामना दिन मन्त्रालय नआउनू

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते २०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई दिन मन्त्रालयहरूमा भिडभाड नगर्न पार्टीका नेता तथा शुभेच्छुकहरूसँग आग्रह गरेको छ।
  • रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले अनावश्यक भेटघाटले सरकारको कार्यसम्पादनमा विलम्ब हुने भन्दै यस्तो आग्रह गरेका छन्।
  • विज्ञप्तिमा भनिएको छ, \'सरकारको कार्य प्रणालीमा गम्भीर असर पुर्‍याई द्रुत सेवा प्रवाहमा कठिनाई उत्पन्न हुनसक्ने भएकाले यस्तो कार्य नगर्न निर्देशन जारी गरिएको छ।\'

१६ चैत, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिने नाममा मन्त्रालयहरूमा भिडभाड नगर्न रास्वपाले पार्टीका नेता तथा शुभेच्छुकहरूसँग आग्रह गरेको छ ।

रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले सोमबार साँझ विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

सरकार गठन पश्चात पार्टीका नेतागण, सदस्य तथा शुभेच्छुकहरूले मन्त्रालयमा उपस्थित भई नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्ने, अनावश्यक भेटघाट सहित खादा तथा फुलमाला लगाउने, फोटो खिच्ने जस्ता अनावश्यक कार्य भए गरेकोमा यस्ता कार्यहरू पार्टी अनुशासन विपरीत र भड्किलो देखिएको भन्दै केन्द्रीय अनुशासन आयोगको  यस्तो आग्रह गरेको हो ।

‘नागरिक सेवा प्रवाहको परिणाममूखी कार्यसम्पादन गर्नुपर्ने आजको बहुमूल्य समय रहेको यथार्थलाई मध्यनजर गर्दै, प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिन अनावश्यक रूपमा मन्त्रालयमा भेटघाट, जमघट तथा भिडभाड गर्ने जस्ता कार्यहरूले सरकारको कार्यसम्पादनमा विलम्ब गराउने, कार्य सम्पादनको प्राथमिकता र गुणस्तरलाई असर पुर्याउने तथा सरकारको समग्र कार्य प्रणालीमा नै गम्भीर असर पुर्‍याई नागरिकको अपेक्षा अनुसारका द्रुत सेवा प्रवाहमा कठिनाई उत्पन्न हुनसक्ने देखिएकोले तत् सम्बन्धी कार्य नगर्न नगराउनुहुन सम्पूर्ण पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई सख्त निर्देशन जारी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?