+

चेन्‍नईमाथि राजस्थानको सहज जित

२०८२ चैत  १६ गते २२:५३ २०८२ चैत १६ गते २२:५३
चेन्‍नईमाथि राजस्थानको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजस्थान रोयल्सले आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्समाथि ८ विकेटको सहज जित हासिल गरेको छ ।
  • चेन्नईले दिएको १२८ रनको लक्ष्य राजस्थानले ओपनर वैभव सूर्यवंशीको ५२ रनको योगदानमा पूरा गरेको हो ।
  • चेन्नईका लागि अन्शुल कम्बोजले २ विकेट लिए ।

१६ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्समाथि सहज जित हासिल गरेको छ ।

सोमबार गुवाहाटीमा भएको खेलमा राजस्थानले चेन्नईमाथि ८ विकेटको जित हासिल गरेको हो । चेन्नईले दिएको १२८ रनको लक्ष्य राजस्थानले १२.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

ओपनर वैभव सूर्यवंशीले १५ बलमै अर्धशतक पूरा गर्दै १७ बलमा ५२ रन बनाएर आउट भए । अर्का ओपनर यशश्वी जैसवालले अविजित ३८ रन बनाए । । ध्रुव जुरेलले १८ रन बनाए । कप्तान रियान पराग १४ रनमा अविजित रहे । चेन्नईका लागि दुवै विकेट अन्शुल कम्बोजले लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई सुरुवातदेखि नै लगातार विकेट गुमाएर दबाबमा आएको थियो । सन्जु सामसन र रुतुराज गायक्‍वाड दुवै ६ रनमै आउट भए । आयुष म्हात्रे शून्य अनि म्याट शर्ट २ रनमै आउट भएपछि चेन्नई ३८-४ को अवस्थामा पुगेको थियो ।

सरफराज खान १७, कार्तिक शर्मा १८ अनि शिवम दुबे ६ रनमा आउट भएपछि चेन्नई ७४-७ को संकटपूर्ण अवस्थामा पुग्यो । त्यहाँबाट जेमी ओभरटनले ४३ रन बनाउँदै चेन्नई २ बल अगावै अलआउट हुँदा १२७ रनको योगफलसम्म पुग्न सक्यो ।

राजस्थानका जोफ्रा आर्चर, नान्द्रे बर्गर र रविन्द्र जडेजाले २-२ विकेट लिए भने ब्रिजेश शर्मा, सन्दीप शर्मा र रवि बिश्‍नोइले १-१ विकेट लिए ।

आईपीएल २०२६ चेन्नई सुपर किङ्स राजस्थान रोयल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय