+
+
Shares

क्षतिपूर्ति माग्दै ‘महाभोज’ का वितरकले दिए निर्माताविरुद्ध उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १६:१४
वितरक गोविन्द शाही (बायाँ) र निर्माता हिमाल कडरिया ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'महाभोज' को रकम विवादमा वितरक गोविन्द शाहीले निर्माता हिमाल कडरियाविरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका छन्।
  • वितरक शाहीले सम्झौता अनुसार ३८ लाख १८ हजार ३१३ रुपैयाँ पाउनुपर्ने र क्षतिपूर्ति मागेका छन्।
  • निर्माता संघले छलफलका लागि बैठक बोलाएकोमा कडरिया अनुपस्थित रहेका छन् र कानूनी प्रक्रिया अघि बढ्न वितरक स्वतन्त्र छन्।

काठमाडौं । फिल्म ‘महाभोज’ लाई लिएर निर्माता र वितरकबीच लेनदेनको विवाद सिर्जना भएको छ । सम्झौता बमोजिमको रकमसहित क्षतिपूर्ति माग्दै वितरक गोविन्द शाहीले निर्माता हिमाल कडरियाविरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका छन् ।

वितरण कम्पनी काफिया फिल्म्स प्रालिको तर्फबाट वितरक शाहीले सम्झौता बमोजिम ३८ लाख १८ हजार ३१३ रुपैयाँ रकम आफूले पाउनुपर्ने उजुरीमा उल्लेख गरेका छन् ।

१५ फागुनमा दर्ता भएको उजुरीमा शाहीले कडरियाबाट पाउनुपर्ने रकमसहित क्षतिपूर्ति समेत मागेका हुन् । अहिले अस्ट्रेलियामा रहेका निर्माता कडरियालाई छलफलमा आउन पटक-पटक भनिएपनि सम्पर्कमा नआएको निर्माता संघका अध्यक्ष उदय सुब्बाले बताए ।

अध्यक्ष सुब्बाका अनुसार ३ चैतमा संघले न्यायिक समितिको बैठक बोलाएको थियो । उक्त बैठकमा कडरिया अनुपस्थित रहेको समेत उनले बताए । ‘हाम्रो काम सहजीकरण गरिदिने हो’ अध्यक्ष सुब्बाले भने, ‘अब अगाडि कानूनी प्रक्रियामा अघि बढ्न वितरक स्वतन्त्र हुनुहुन्छ ।’

अध्यक्ष सुब्बाका अनुसार अहिले पनि निर्माता संघमा ‘सेल्फी किङ’सहितका केही फिल्मको लेनदेनको विवादका उजुरी थाँती छन् । यसवर्ष १५ जेठदेखि प्रदर्शनमा आएको फिल्म ‘महाभोज’ले सहकारी ठगीको कथावस्तु उठाएको थियो ।

चलचित्र विकास बोर्डको बक्सअफिसमा यो फिल्मले ६८ लाख ७१ हजार १०५ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?