+
+
Shares

थापा निर्विरोध निर्वाचित हुँदै, सुहाङले पाएनन् प्रस्तावक र समर्थक

पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुने तयारी गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १६:११

१८ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुने भएका छन् ।

संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुने तयारी गरिएको थियो ।

निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी दिइसकेका थिए । सुहाङले पनि उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र लिइसकेका थिए ।

यद्यपि उनले समर्थक र प्रस्तावक पाएनन् । सुहाङले समर्थक र प्रस्तावक नपाएपछि चुनाव नभइ थापा निर्विरोध निर्वाचित हुने भएका हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?