+
+
Shares

पार्टी सुध्रिएन, अन्तत: विलाउने भो : एमाले नेता घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १९:१८

१८ चैत, बुटवल । नेकपा एमालेका नेता एवं पूर्व प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले पार्टी अब नसुध्रिने र विलाउने (सक्किने) टिप्पणी गरेका छन् ।

एमाले संसदीय दलको नेतामा समानुपातिक सांसद रामबहादुर थापा बादल निर्विरोध चयन भएकोतर्फ लक्षित गर्दै घिमिरेले यस्तो टिप्पणी गरेका हुन् ।

एमाले संसदीय दलको नेतामा सुहाङ नेम्वाङले पनि आकांक्षा व्यक्त गरे ।

यसअघि प्रत्यक्षतर्फ चुनाव जितेका सांसद संसदीय दलको नेता हुने गरेकामा यसपटक समानुपातिक सांसद थापालाई दल नेता चयन गरेपछि पार्टीभित्र र बाहिरबाट आलोचना सुरु भएको छ ।

इलामबाट प्रत्यक्ष चुनाव जितेका सुहाङले पार्टीले जिम्मेवारी दिएको खण्डमा संसदीय दलको नेता बन्न खुट्टा नकमाउने सार्वजनिक रूपमा बताउँदै आएका थिए ।

नेता घिमिरेले तिलोत्तमा नगर प्रमुख हुँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरोधमा नगरपालिका लेटरप्याडमै विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।

गत भदौ २३ र २४ को जनजी आन्दोलनमा सरकारको भूमिकामाथि पनि उनले प्रश्न उठाएका थिए भने पार्टी महाधिवेशनमा ईश्वर पोखरेल पक्षमा उभिएका थिए ।

महाधिवेशनले ओलीलाई तेस्रोपटक अध्यक्ष निर्वाचित गरेपछि उनी असन्तुष्ट भएर पार्टी छाड्ने घोषणा गरेका थिए । तर पार्टी उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू घरमै आएर पार्टीमा फर्काएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?