+
+
Shares

युरोपेली बजारमा एलएनजी ग्यास आयातकाे नयाँ रेकर्ड

यो फेब्रुअरीको तुलनामा १५ प्रतिशत र सन् २०२५ को मार्चको तुलनामा ८ प्रतिशतले बढी हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १३:३२

१९ चैत, कामठाडौं । युरोपेली संघले सन् २०२६ को मार्च महिनामा तरल प्राकृतिक ग्यास (एलएनजी) आयातमा अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

‘ग्यास इन्फ्रास्ट्रक्चर युरोप’ को तथ्याङ्कलाई उद्धृत गर्दै सार्वजनिक गरिएको रिपोर्ट अनुसार, मार्च महिनामा मात्रै १३.७ अर्ब क्युबिक मिटर एलएनजी युरोपेली टर्मिनलहरूबाट प्रणालीमा भित्रिएको छ ।

यो फेब्रुअरीको तुलनामा १५ प्रतिशत र सन् २०२५ को मार्चको तुलनामा ८ प्रतिशतले बढी हो ।

यसअघि सन् २०२५ को मे महिनामा १२.८५ अर्ब क्युबिक मिटर आयात भएर रेकर्ड बनेको थियो, जसलाई यस वर्षको मार्चले उछिनेको हो ।

सन् २०२६ को पहिलो त्रैमासिक सम्ममा युरोपको कुल एलएनजी आयात ३८ अर्ब क्युबिक मिटर नाघिसकेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?