+
+
Shares

जेनजी आन्दोलनमाथि शेखरको शंका- म त्यो विद्रोह अर्गानिक मान्दिनँ

‘हाम्रै साथीहरू भन्नुहुन्छ- यो अर्गानिक आन्दोलन थियो भनेर । आन्दोलन त हुँदै होइन त्यो, विद्रोह थियो । विद्रोह पनि हो कि होइन ? तर म यसलाई स्वीकार्ने पक्षमा छैन’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १८:४७

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन स्वदेशी कारणले मात्रै नभएको दाबी गरेका छन् । बिहीबार कमल कोइरालाको स्मृति ग्रन्थ लोकार्पण समारोहमा बोल्दै नेता कोइरालाले त्यो आन्दोलन ‘अर्गानिक’ नभएको प्रशस्त कारण रहेको बताएका हुन् ।

‘अहिलेको राजनीतिमा रास्वपाको जुन उदय भएको छ, त्यो केही कारणवश छ । हामीहरूको कमीकमजोरीले पनि होला, होइन भन्दिनँ । हाम्रा कमजोरी पनि थिए’, नेता कोइरालाले भने, ‘तर, विश्वको राजनीतिक परिस्थितिलाई पनि केलाउनु पर्ने आवश्यकता छ ।’

जेनजी आन्दोलनबारे पनि उनले प्रश्न उठाए । ‘हाम्रै साथीहरू भन्नुहुन्छ– यो अर्गानिक आन्दोलन थियो भनेर । आन्दोलन त हुँदै होइन त्यो, विद्रोह थियो । विद्रोह पनि हो कि होइन ? तर म यसलाई स्वीकार्ने पक्षमा छैन,’ उनले भने ।

उनले थप अगाडि दाबी गर्दै भने, ‘यो इन–अर्गानिकै हो भन्ने कुराका प्रशस्त इभिडेन्सहरू छन् ।’

तर, कांग्रेस र एमालेबाट गल्ती–कमजोरी नभएको पनि आफू नभन्ने उनले बताए । ‘धेरै ठूला गल्ती भएका छन्,’ उनले भने ।

सोही प्रकारकै शंका व्यक्त गर्दै नेता कोइरालाले कांग्रेस र एमालेभित्र ‘अर्कै प्रकार’को विवाद रहेको पनि उनले औंल्याए । ‘अहिले अरूका कुरा हेर्नुपर्ने हाम्रा साथीहरू आफ्नै पार्टीका नेताविरुद्ध लागिरहेका छन् । त्यो कांग्रेसभित्र पनि छ, एमालेभित्र पनि देखिन्छ,’ नेता कोइरालाले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?