२० चैत, विराटनगर । बाराको सिमरामा रहेको पाँचतारे होटल ‘होटल इच्छा लिमिटेड’को व्यवस्थापन चर्चित अन्तर्राष्ट्रिय होटल चेन‘लेमन ट्री’गर्ने भएको छ ।
सिमराको होटल इच्छा र भारतको लेमन ट्री होटल बीच व्यवस्थापन हस्तान्तरणसम्बन्धी भारतको नयाँ दिल्लीस्थित लेमन ट्रीको मुख्यालय हस्ताक्षर भएको हो ।
यो लेमन ट्रीले नेपालमा व्यवस्थापन गर्ने यो तेस्रो होटल हो । काठमाडौंमा होटल र चितवनमा लेमन ट्रिले रिसोर्ट सञ्चालन गर्दै आएको छ ।
विराटनगरमा लेमन ट्रीको पाँचतारे होटल सञ्चालनको तयारीमा छ । विराटनगर भृकुटी चोकमा निर्माण गरिएको होटल वैशाखमा उद्घाटन गर्ने तयारी छ ।
सम्झौता पत्रमा होटल इच्छा लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक मुनसन वाग्ले र लेमन ट्रीका तर्फबाट प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि अब होटल इच्छा ‘लेमन ट्री होटल’ को ब्रान्ड नाममा सञ्चालन हुने होटल इच्छा लिमिटेडका सञ्चालक समिति सदस्य गोकर्ण खतिवडाले जानकारी दिए ।
सम्झौताले बारा र सिमरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय चेन ब्रान्डको प्रवेशसँगै होटल इच्छाले आफ्नो सेवाको गुणस्तरलाई नयाँ उचाइमा पुर्याउने प्रबन्ध निर्देशक वाग्लेले बताए ।
प्रतिक्रिया 4