+
+
Shares

नक्कली फेसबुक आईडीबाट अश्लील सामग्री फैलाउने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते ७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जा प्रहरीले सामाजिक सञ्जालमार्फत महिलामाथि दुर्व्यवहार गरेको आरोपमा ३२ वर्षीय सुजन खाँण ठकुरीलाई नियन्त्रणमा लिएको छ।
  • ठकुरीले नक्कली फेसबुक खाता प्रयोग गरी अश्लील भिडियो बनाएर पीडित महिलाका आफन्तलाई पठाउने र धम्की दिने कार्यमा संलग्न रहेको आरोप छ।
  • सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको मानहानि वा मानसिक यातना दिने कार्य नगर्न प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

२१ चैत, स्याङ्जा । सामाजिक सञ्जालमार्फत अश्लील सामग्री बनाएर महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

नक्कली फेसबुक खाता प्रयोग गरी अश्लील भिडियो तयार पार्ने, ती सामग्री इन्टरनेटमार्फत पीडित महिलाका आफन्तहरूलाई पठाउने तथा गालीगलौज र धम्की दिने कार्यमा संलग्न रहेको आरोपमा ३२ वर्षीय सुजन खाँण ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

पुतलीबजार नगरपालिका–८ निवासी ठकुरीलाई चैत १९ गते पुतलीबजार–१ स्थित शहीदचोकबाट नियन्त्रणमा लिइएको डिएसपी चौधरीले बताए ।

घटनासम्बन्धी विद्युतीय अपराधअन्तर्गत मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको मानहानि वा मानसिक यातना दिने कार्य नगर्न सर्वसाधारणलाई सचेत रहन समेत आग्रह गरेको छ ।

-रामबहादुर रोकाहा

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?