+
+
Shares

फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर

महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले ३२ वटा टहराहरू डोजर लगाएर भत्काइएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते १०:००

२१ चैत, काठमाडौं । पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरा भत्काउन सुरू गरेको छ ।

महानगरपालिकाले शनिबार बिहानदेखि डोजर लगाएर फेलाताल छेउछाउका टहरा भत्काउन सुरू गरेको हो ।

महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले ३२ वटा टहराहरू डोजर लगाएर भत्काइएको जानकारी दिए ।

उनले नेपाल प्रहरीसहितको सहयोगमा टहराहरू भत्काउन सुरू गरिएको पनि बताए ।

यसअघि नवगठित संघीय सरकारले नै फेवातालमा भएको अतिक्रमण हटाउने कार्य तीन महिनाभित्र सुरु गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरिएका १०० कार्यसूचीमा फेवाताल अतिक्रमणको विषय उल्लेख गरिएको थियो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचायले अदालतको आदेश कार्यान्वयन गर्न अनाधिकृत संरचना हटाइएको बताएका छन् । तालको ६५ मिटर क्षेत्र खाली गर्न काम अघि बढाइएको उनले बताए ।

यसअघि अदालतले अनधिकृत संरचना हटाउने आदेश दिएको । त्यसपछि केही व्यक्तिहरु अदालत गएका थिए । तर, अदालतले स्टेअर्डर नदिएपछि हटाउने काम अघि बढाइएको बताएको मेयर आचार्यले बताए

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?