+
+
Shares

सन् २०२७ का लागि ट्रम्पको बजेट प्रस्ताव : रक्षा खर्च ४४ प्रतिशत बढाउँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२७ को बजेटमा रक्षा खर्च बढाएर एक ट्रिलियन ५०० बिलियन डलर प्रस्ताव गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते १६:३०

२१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२७ को बजेटमा रक्षा खर्च बढाएर एक ट्रिलियन ५०० बिलियन डलर प्रस्ताव गरेका छन् ।

यो पछिल्लो दशकमा सबैभन्दा ठूलो रक्षा खर्चको प्रस्ताव हो । यसले राष्ट्रपति ट्रम्पको प्राथमिकता अमेरिकी सैन्य लगानीमाथि केन्द्रित रहेको देखाउँछ ।

यो रक्षा खर्चमा करिब ४४ प्रतिशतको वृद्धि अपेक्षित छ । बजेट निर्देशक रस्सल भौग्टले राष्ट्रपति ट्रम्पको प्राथमिक उद्देश्य राष्ट्रिय सुरक्षा संरचनामा पुन: लगानी गर्नु रहेको बताए । यसले अमेरिकालाई खतरनाक विश्वमा सुरक्षित राख्न मद्दत गर्ने उनले बताएका छन् ।

राष्ट्रपतिको वार्षिक बजेट प्रशासनको मूख्य प्राथमिकता देखाउने दस्तावेज हो, तर यसले कानुनी शक्ति राख्दैन । यस वर्ष बजेट दस्तावेजले राष्ट्रपति र कंग्रेसबीच मार्गचित्रको काम गर्ने उद्देश्य राखेको छ । कंग्रेसले आफ्नै बजेट र वार्षिक विनियोजन विधेयक तयार गर्ने क्रममा यसलाई मार्गदर्शनको रूपमा प्रयोग गर्न सक्छ ।

इरान युद्धबारे राष्ट्रलाई सम्बोधन गर्नुअघि ट्रम्पले सैन्यलाई आफ्नो प्राथमिकता भएको संकेत दिएका थिए । उनले भनेका थिए, ‘हामी युद्धमा लडिरहेका छौँ, हामी बालसंग्रहालय र स्वास्थ्य सेवामा ध्यान दिन सक्दैनौं । यी सेवाहरू राज्य स्तरबाट सम्भव छन्, सङ्घीय स्तरबाट होइन ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?