+
+
Shares

इरानले अमेरिकी सैन्य विमान खसालेको विषयमा के लेख्दैछन् अमेरिकी सञ्चारमाध्यम ?

‘वायु सेनाको एफ–१५ लडाकु विमान इरानले खसाल्नुले उसको आकाशमा वर्चश्व रहेको ट्रम्प प्रशासनको दाबीमाथि नै प्रश्न उठेको छ’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते १८:१९

२१ चैत, काठमाडौं । इरानले दुई अमेरिकी लडाकु विमान खसालेको दाबी गरेको छ । इरानको यो दाबीपछि अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी जनतामाझ इरानसँगको युद्धले निकै अलोकप्रियता कमाइरहेको लेखेको छ । उसै पनि यसअघि नै इरानसँगको युद्धले राष्ट्रपति ट्रम्पले आलोचना भइरहेको थियो ।

सीएनएनले लेखेको छ, ‘यस्तो युद्धमा जहाँ सैन्य वर्चश्व अमेरिकाको पक्षमा छ, याे घटनाले एक विषम युद्धको खतरा देखाइरहेको छ । यसको लगानी अमेरिकी जनताले पहिले नै अस्वीकार गर्दैआएका छन् ।’

अर्को अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजले जारी युद्धमा पहिलो पटक अमेरिकाको दाबी गलत भएको लेखेको छ । ‘इरानभित्र अमेरिकी विमान दुर्घटनाग्रस्त भयो, जसले इरानी हवाई क्षेत्रमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको धारणा गलत साबित भएको छ,’ एनबीसी न्युजले लेखेको छ ।

ट्रम्पले इरानसँगको युद्धमा जितको घोषणा गरेर युद्ध समाप्त गर्न दबाब दिइरहेको बेला यसो भएको उसले लेखेको छ । ‘उनले मध्यपूर्वमा नयाँ सैनिकको तैनाथी गरेर भनेका छन्– यदि इरान होर्मुज स्ट्रेट खोल्दैन भने त्यस क्षेत्रमा तनाव झन् बढ्छ,’ एनबीसी न्युजले लेखेको छ ।

अर्को अमेरिकी सञ्चार संस्था फोक्स न्युजले विशेषज्ञलाई हवाला दिँदै युद्ध क्षेत्रको आकास नियन्त्रण गर्नुको मतलब त्यो आकाशमा आफ्नालागि जोखिन हुनु नरहेको भन्दै ब्यंग्य गरेको छ ।

‘वायु सेनाको एफ–१५ लडाकु विमान इरानले खसाल्नुले उसको आकाशमा वर्चश्व रहेको ट्रम्प प्रशासनको दाबीमाथि नै प्रश्न उठेको छ,’ फोक्स न्युजले लेखेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?