+
+
Shares

विपन्न दलित बालबालिकालाई अतिरिक्त कक्षा

अतिरिक्त कक्षा सञ्चालन भएपछि बालबालिकाको पढाइमा उल्लेखनीय सुधार देखिएको विद्यालयका शिक्षक भरतबहादुर ऐरले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते १९:१६

२१ चैत, कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत अतिविपन्न दलित परिवारका बालबालिकाका लागि अंग्रेजी माध्यमको अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । त्यस्ता बालबालिकाको सिकाइ सुधारका लागि वडा कार्यालयको सहयोगमा कक्षा सञ्चालन गरिएको हो ।

हाल यहाँ कक्षा १ देखि ३ सम्म अध्ययनरत ६६ जना दलित तथा अतिविपन्न परिवारका बालबालिकालाई समेटेर अतिरिक्त कक्षा सञ्चालन गरिरहेको वडाअध्यक्ष लालबहादुर ऐरले जानकारी दिए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारका अभिभावक मजदुरीका लागि अन्यत्र जाने र बालबालिकालाई पनि सँगै लैजाने गरेका कारण धेरै बालबालिकाले विद्यालय छाड्ने अवस्था छ ।

केही महिना मजदुरी गरेर फर्किएपछि बालबालिकाको सिकाइ सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएको उनले बताए । ‘अभिभावक मजदुरीका लागि बाहिर जाँदा बालबालिका पनि सँगै जाने र विद्यालय छोड्ने अवस्था छ,’ वडाध्यक्ष ऐरले भने, ‘पुन: विद्यालयमा फर्किंदा कोर्स पढाइ धेरै अगाडि बढिसकेको हुन्थ्यो । हामीले त्यसको पूर्ति गर्न अतिरिक्त कक्षा सञ्चालन गरेका हौं ।’

हाल कक्षा ३ सम्मका बालबालिकाका लागि विद्यालयका दक्ष शिक्षकको व्यवस्था गरी पठनपाठन गरिएको र  आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई समेटेर कार्यक्रम विस्तार गर्ने योजना रहेको वडा कार्यालयले जनाएको छ । हाल अतिरिक्त कक्षा सञ्चालनका लागि वडा कार्यालयले चार लाख रुपैयाँ विनियोजन गरेको छ ।

दलित समुदायका बालबालिका विद्यालय समयमा नियमित र त्यसपछि अतिरिक्त कक्षामा थप अध्ययन गर्ने व्यवस्था गरिएको छ । त्यस्ता बालबालिकाका लागि वडाबाट वर्षभरि पुग्ने शैक्षिक सामग्री, अङ्ग्रेजी विषयका पाठ्यपुस्तक, झोला, पोसाक, र्ट्याकसुट, जुत्ता, मोजालगायत सामग्री उपलब्ध गराइएको वडाअध्यक्ष ऐरले जानकारी दिए ।

विद्यालयका शिक्षक भरतबहादुर ऐरका अनुसार बालबालिकालाई दुईवटा कक्षामा विभाजन गरेर पठनपाठन गरिँदै आएको छ । अतिरिक्त कक्षा सञ्चालन भएपछि बालबालिकाको पढाइमा उल्लेखनीय सुधार देखिएको उनले बताए । –रासस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?