+
+
Shares

मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधरले हाईज्याक गरे

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले भदौमा भएको जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधर र अमेरिकाद्वारा परिचालित तत्त्वबाट ‘हाईज्याक’ भएको दाबी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते २०:४३

२१ चैत, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले भदौमा भएको जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधर र अमेरिकाद्वारा परिचालित तत्त्वबाट ‘हाईज्याक’ भएको दाबी गरेका छन् । शनिबार राष्ट्रिय जनमोर्चाले काठमाडौंमा आयोजना गरेको ‘चुनावको मूल्यांकन र नेपालको परराष्ट्र नीतिका बिचको सम्बन्ध’ विषय अन्तरक्रिया कार्यक्रममा सिंहले प्रस्तुत गरेको अवधारणापत्रमा सो कुरा उल्लेख छ ।

उक्त अवधारणापत्रमा जेनजीले भ्रष्टाचारका विरुद्ध र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध गरेको आन्दोलनलाई सिंहले सही र न्यायसंगत भएको भनेका छन् । ‘त्यो आन्दोलन एउटा स्वतस्फूर्त, असंगठित तथा कुनै नीति कार्यक्रम र नेतृत्वबिहीन आन्दोलन पनि थियो । यसले कैयाैं देशी वा विदेशी शक्तिहरूले आफ्नो स्वार्थको पक्षमा त्यसलाई उपयोग गर्न पनि प्रयत्न गरेका थिए,’ उनले लेखेका छन् । त्यो दौडमा सबैभन्दा अगाडि अमेरिकी आएको उनले टिप्पणी गरेका छन् ।

‘त्यो आन्दोलन प्रकट रूपमा जेनजीहरूको नै आन्दोलन थियो । तर व्यवहारमा त्यो आन्दोलनलाई २८ वर्ष भन्दा माथिका व्यक्तिहरूले हाईज्याक गरे र त्यस प्रकारका व्यक्तिहरूमा स्वतन्त्र तिब्बत पक्षधर वा अमेरिकाद्वारा परिचालित तत्त्वहरू नै थिए,’ सिंहले लेखेका छन् ।

उनीहरूले अमेरिकाको नेपालप्रतिको रणनीतिलाई पूरा गर्न लामो समयदेखि काम गरिरहेको सिंहको दाबी छ । ‘त्यो उद्देश्य पूरा गर्न नै जेनजीहरूको स्वत:स्फूर्त आन्दोलनलाई हाईज्याक गरेका थिए । त्यो रणनीति के थियो ? त्यो स्पष्ट भएपछि नेपालको तत्कालीन प्रतिनिधि सभालाई विघटन गर्नुपर्ने र नयाँ चुनाव सम्पन्न गर्नुपर्ने आवश्यकता किन पर्‍यो ? त्यो कुरा प्रस्ट हुने छ,’ उनले भनेका छन् ।

फागुन २१ मा भएको निर्वाचन मुलुकको अहिलेको आवश्यकता पनि नरहेको उनले बताएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?