+
+
Shares

नयाँ सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास छ : हर्क साम्पाङ

श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १६:४२

२२ चैत, काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

आइतबार सिंहदरबारस्थीत संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राईले दलबाट छुटिएर एउटा साझा अभिभावकको रूपमा सबैलाई न्याय हुनेगरि नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले अहिले पुरानो नभइ नयाँ खालको जनमत आएकाले सवै दललाई समान व्यवहार हुने उल्लेख गरे । संसदमा फरक खालको व्यवहार भए प्रतिपक्षीको हैसियतमा आफुहरुले आवाज उठाउने उनको भनाइ छ ।

अध्यक्ष राईले प्रतिनिधिसभा उपसभामुखमा आफ्नो पार्टीको पनि दाबी रहेको भन्दै आफुहरु छलफलमा नै रहेको बताए ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?