News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योग कर्जामा जोखिम भार ६० प्रतिशतमा झारेको छ।
- सरकारको निर्देशन अनुसार ३ करोडसम्मका कर्जाको जोखिम भार घटाइएको हो।
- निक्षेप तथा कर्जा ग्यारेन्टी फन्ड वा जग्गा तथा घरले पूर्णकभर गरेका कर्जा जोखिम भार ६० प्रतिशतमा कायम हुनेछ।
२२ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ करोडसम्मका कर्जाको जोखिम भार घटाएको छ ।
सरकारको निर्देशन अनुसार केन्द्रीय बैंकले साना तथा मझौला उद्योग कर्जामा जोखिम भार ६० प्रतिशतमा झारेको हो ।
सरकारले शासकीय स्वरूपको बुदाँ ५७ मा साना तथा मझौला उद्योग, कृषि तथा सूचना प्रविधि क्षेत्रको ऋण प्रवाहमा हाल रहेको जोखिम भार घटाइ उपयुक्त तहमा झार्ने व्यवस्था गरेको छ । त्यसका लागि सरकारले केन्द्रीय बैंकलाई ३० दिनको समय दिएको थियो ।
केन्द्रीय बैंकका अनुसार साना तथा मझौला, कृषि, आईटी, उत्पादनमूलक उद्योगलाई कर्जा दिँदा जोखिम भार ६० प्रतिशत कायम भएको छ ।
त्यसका लागि निक्षेप तथा कर्जा ग्यारेन्टी फन्ड वा जग्गा तथा घरले पूर्णकभर गरेका कर्जा हकमा जोखिम भार ६० प्रतिशतमा झरेको छ । यस्ता कर्जा आयोजना बीमा गरिएको हुनुपर्छ भने घरजग्गाका हकमा बजार मूल्य र ऋणको अन्तर २५ प्रतिशत कायम भएका कर्जाका हकमा लागु हुनेछ । यसभन्दा अघि उल्लेखित कर्जाको जोखिम भार जोखिम तथा सुरक्षणका आधारमा तय हुन्थ्यो ।
प्रतिक्रिया 4