+
+
Shares

सेयर बजार घटेका बेला ब्रोकर एसोसिएसनले अर्थमन्त्रीलाई बुझायो ६ बुँदे सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते ११:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर भएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ६ बुँदे सुझाव दिएको छ।
  • नयाँ सरकार गठनपछि नेप्से परिसूचक २९६० बाट २७ सय हाराहारीमा झरेको छ भने सोमबार प्रारम्भिक कारोबारमा सुधार देखिएको छ।
  • एसोसिएसनले बैंक तथा वित्तीय संस्थालाई पूँजी बजारमा सहज प्रवेश र बाहिरिने व्यवस्था गर्न, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न र सेटलमेन्ट ग्यारेन्टी फन्ड कार्यविधि कार्यान्वयन गर्न सुझाव दिएको छ।

२३ चैत, काठमाडौं । सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर बनेपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरी ६ बुँदे सुझाव दिएको छ ।

नयाँ सरकार गठनपछि सेयर बजार उच्च दरले ओरालो लागेको छ । नयाँ सरकार गठनअघि २९६० अंकमा रहेको नेप्से परिसूचक हाल २७ सय हाराहारीमा झरेको छ । सोमबारको प्रारम्भिक कारोबारमा भने बजारमा सुधार देखिएको छ ।

बिहान भएको भेटवार्ताका क्रममा एसोसिएसनले बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा पूँजी बजार प्रवेश र बाहिरिने व्यवस्था गर्न सुझाव दिएको छ । हाल बैंक तथा वित्तीय संस्थाले सेयर खरिद गरेको ६ महिनापछि मात्रै बिक्री गर्न पाउने व्यवस्था छ ।

त्यस्तै गैरआवासीय नेपालीलाई सहज रुपमा दोस्रो बजारमा कारोबार गर्ने व्यवस्था गर्न, नयाँ बजेटमार्फत हाल कायम पूँजीगत लाभरलाई अन्तिम भनेर सम्बोधन गर्न माग गरिएको छ । सरकारी संस्थानहरुमा विभिन्न कोषमा रहेको रकमलाई दोस्रो बजारमा लगानी गर्न सहज वातावरण बनाउन एसोसिएसनले माग गरेको छ ।

सेटलमेन्ट ग्यारेन्टी फन्ड प्रयोगका लागि २०७५ सालमा विनियमावली र २०७९ सालमा कार्यविधि बनेको स्मरण गराउँदै सो कार्यविधि लामो समयदेखि कार्यान्वयनमा आउन नसकेकाले कार्यान्वयनका लागि नियामक निकायलाई निर्देशन गर्न एसोसिएसनले माग गरेको छ ।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउनुपर्ने सरकारको जिम्मेवारी रहेको बताउँदै सुशासनका काम धमाधम अघि बढ्ने उल्लेख गरे । अपराध गरेकालाई उन्मुक्ति नहुने तर कसैमाथि प्रतिशोध पनि नराखिने उनले बताए ।

रास्वपाको सरकार निजी क्षेत्रमैत्री रहेको र अर्थतन्त्रलाई सम्हाल्नेगरी रूपान्तरणकारी बजेट आउने वाग्लेले बताएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?