News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिष्मा कठरियाले संसद्को अर्को बैठक अघि गहुँको मूल्य तोकिएको सुन्न पाउनुपर्ने बताएकी छन्।
- उनले सरकारले सेकेण्डका हिसाबले काम गर्ने भनेको कुरा किसानका समस्या समाधानमा लागू होला कि भनेर प्रश्न उठाएकी छन्।
- कठरियाले तत्काल गहुँको समर्थन मूल्य तोक्न र किसानले उत्पादन गरेको गहुँ खरिद गर्ने व्यवस्था गर्न माग गरेकी छन्।
२४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद करिष्मा कठरियाले संसद्को अर्को बैठक बस्नु अगाडि गहुँको मुल्य तोकिएको सुन्न पाउनुपर्ने बताएकी छन् ।
‘यो सरकारले सेकेण्डका हिसाबले काम गर्ने भनेको कुरा म स्मरण गराउन चाहन्छु । के त्यो कुरा किसानका समस्या समाधान गर्ने दिशामा पनि साच्चिकै लागू होला र ?’ उनले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भनिन् ।
नेपालमा अहिलेसम्म ठगिएको र हेपिएको वर्ग नै किसान रहेको उल्लेख गर्दै उनले भनिन्, ‘तत्काल गहुँको समर्थन मुल्य तोकियोस् र किसानले उत्पादन गरेको गहुँ खरिद गर्ने व्यवस्था गरियोस् । अर्को बैठकमा आउँदा यो कुरा भएको सुनन्न पाइयोस् ।’
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग गरेकी छन् ।
प्रतिक्रिया 4