News Summary
Generated by OK AI. Editorially reviewed.- युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीस्थित फाप्ला क्रिकेट रंगशालालाई विश्वस्तरमा विकास गरिने बताएका छन् ।
- मन्त्री पोखरेलले रंगशालाको स्रोत व्यवस्थापन र सञ्चालनलाई अझ प्रभावकारी बनाइने जानकारी दिएका छन् ।
- पोखरेलले फाप्ला क्रिकेट रंगशालामा स्थानीय युवा खेलाडीहरूसँग क्रिकेट खेलेका थिए ।
२४ चैत, काठमाडौं । युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीस्थित फाप्ला क्रिकेट रंगशालालाई विश्वस्तरमा जोड्ने गरी विकास गरिने बताएका छन् ।
मंगलबार फाप्ला मैदान निरीक्षण तथा खेलाडीसँगको अन्तरक्रियाका क्रममा मन्त्री पोखरेलले रंगशालाको स्रोत व्यवस्थापन र सञ्चालनलाई अझ प्रभावकारी बनाइने जानकारी दिए ।
‘सबैभन्दा ठूलो क्षेत्रफल भएको र धेरै संख्यामा दर्शक अट्ने प्याराफिट भएको फाप्ला क्रिकेट रंगशालालाई राज्यले महत्वका साथ लिएको हुनाले नै अहिलेको अवस्थामा आइपुगेको छ । यसको स्रोत व्यवस्थापन र सञ्चालन प्रभावकारितालाई ध्यान दिनेछौं’ मन्त्री पोखरेलले भने ।
मन्त्री पोखरेलले फाप्ला पुगेर केहीबेर त्यहाँका स्थानीय युवा खेलाडीहरूसँगे क्रिकेट पनि खेलेका थिए । कैलालीका सांसद केपी खनाल र अछामका रास्वपा नेता भूपदेव शाहलगायत पनि पोखरेलसँगै फाप्ला पुगेका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका पोखरेलले त्यसअघि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षण समेत गरेका थिए ।
प्रतिक्रिया 4